पूर्व एफबीआइ प्रमुखले ‘ट्रम्प-रुस सम्बन्ध’ छानविन गर्ने


प्रकाशित मिति : जेष्ठ ४, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको रुससँगको सम्बन्धका कारण महाअभियोग लाग्ने विश्लेषण र अनुमानहरु भइरहँदा रुस र ट्रम्पबीचको सम्बन्धको छानविन गर्न विशेष अभियोजनकर्ता नियुक्त गरिएको छ । गत वर्षको राष्ट्रपतिय चुनावमा भएका भनिएका रुसी हस्तक्षेपबारे छानविन गर्न न्याय मन्त्रालयले संघीय जाँच ब्यूरो एफबीआइका पूर्व प्रमुख रोबर्ट मलरलाई विशेष अभियोजनकर्तामा नियुक्त गरेको जनाएको छ। उपन्यायाधिवक्ता रड रोजेन्सटाइनले वर्तमान प्रशासनभन्दा बाहिरका व्यक्तिलाई उक्त जिम्मा दिनु सार्वजनिक हितमा रहेको बताएका छन्। मलर सन् २००१ देखि २०१३ सम्म एफबीआइका प्रमुख थिए।

सो नियुक्तिलाई रिपब्लिकन तथा डेमोक्र्याट दुवै दलका नेताहरुले समर्थन गरेका छन्। गत साता राष्ट्रपति ट्रम्पले एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेसंगै त्यस्तो विशेष अभियोजनकर्ताको माग गरिएको थियो। एफबीआइ तथा कंग्रेसले ट्रम्पको अभियान र रुसबीचको सम्भाव्य सांठगांठबारे अनुसन्धान गरिरहेका छन्।

मलरको नियुक्ति भएको घोषणा गरिएको एक घण्टा नवित्दै राष्ट्रपति ट्रम्पले अब उक्त छानविनले आफूलाई सफाइ मिल्ने भविष्यवाणी गरे। मलरले विगतको जर्ज डब्लु बुश प्रशासनमा काम गर्दा कोमी उपन्यायाधिवक्ता थिए।

उनी त्यहाँको उतारचढावपूर्ण राजनीतिबारे जानकार छन्। हुन त प्राविधिक रुपमा मलर न्याय मन्त्रालय अन्तर्गत नै काम गर्न नियुक्त भएका हुन् जसको अन्तिम नेतृत्व भनेको राष्ट्रपति ट्रम्प नै हुन्। मलरको प्रतिष्ठा यस्तो छ कि यस्ता विषयले उनलाई आफ्नो ढंगले अनुसन्धान गर्न छेक्ने छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com