यी हुन् ढुंगाले हानेर कलाकार बिक्रम परियारको हत्या गर्ने ६ जना


प्रकाशित मिति : जेष्ठ ४, २०७४ बिहीबार

तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडाँ बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार हत्या गरी फरार भएका छजना युवालाई प्रहरीले पक्राउ गरी बुधबार दमौलीमा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले पत्रकार सम्मेलनमार्फत हत्यारालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा व्यास नपा–३ देउराली नगरकी १८ वर्षीया उषा थापा, सोही ठाउँकी १६ वर्षीया अन्जली राना मगर, व्यास–१ हाईस्कुलटार बस्ने २० वर्षीया कान्छी भन्ने रोशनचन्द ठकुरी, सोही ठाउँ बस्ने १७ वर्षीय तु्म्बाके भन्ने मधुसूदन नेपाली, १७ वर्षीय रन्जन ठकुरी र १६ वर्षीय प्रेम आले रहेको पत्रकारसम्मेलनमा तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचनमा जलदेवी केन्द्रबाट मतदान गरी व्यास नपा–१ भादगाउँको छाला फ्याक्ट्रीनजिकै घुम्न निस्केका परियारलाई उक्त समूहले अन्धाधुन्द ढुङ्गा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।


बिक्रम परियारले लेखेको गीत प्रमोदराज न्यौपानेको स्वरमा ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनालगत्तै ती दुई युवती र अन्जली रानालाई देउराली नगरबाटै र फरार अरू तीन मधुसूदन, रन्जन र प्रेमलाई मङ्गलबार राति प्रहरीले घेरा हाली झापुटारबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

काठमाडाँैबाट मतदान गर्न आएका सोही ठाउँका ४३ वर्षीय देवीनारायण श्रेष्ठलाई पछाडि राखेर बा २७ प ४९७५ नं को मोटरसाइकलमा उनी सेती नदी किनारामा घुम्न निस्केका थिए ।

छाला फ्याक्ट्रीनजिकै बसिरहेका ती दुई युवती र चारजना युवकलाई फोटो खिचीदिन अनुरोध गर्दा एक्कासी विवाद भएको र उक्त समूहले ढुङ्गामुढा प्रहार गरी विक्रमको हत्या गरेको प्रहरीले जनाएको छ । सोही समूहको ढुङ्गा प्रहारबाट देवीनारायण श्रेष्ठ घाइते भएको र उनको पोखराको मेट्रो सिटीमा उपचार गरी घर फर्किसकेको जानकारी सो अवसरमा दिइयो ।

हत्यामा संलग्नमध्ये प्रेम आले यसअघिको हत्याका घटनामा पनि प्रहरीले पक्राउ गरेको र पछि नाबालक भन्दै छोडेको थियो । पक्राउ परेका व्यक्तिविरुद्ध तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।

घटनास्थलबाट प्रहरीले ढुङ्गा, चस्मा र टोपी बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङ नेतृत्वको टोलीले सादा पोसाकका प्रहरीले दिनरात नभनी उक्त समूहलाई पक्राउ गर्न सफल भएको हो । रासस

तस्विर : बिक्रम परियार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com