१७६ को रिजल्ट, १०७ मा गणना जारी : एमाले पहिलो, काँग्रेस दोश्रो, माओवादी तेश्रो


प्रकाशित मिति : जेष्ठ ४, २०७४ बिहीबार

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ । १७६ स्थानको परिणाम आइसकेको छ भने बाँकी १०७ स्थानमा मतगणना भइरहेको छ । अहिलेसम्मको मत परिणाम अनुशार नेकपा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले ७० स्थानमा विजय हासिल गरेको छ भने ४५ स्थानमा अग्रता कायम गरेको छ ।

दोश्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसले ६८ स्थानमा विजय हासिल गरेको छ भने ४४ स्थानमा अग्रता कायम गरिरहेको छ । त्यस्तै माओवादी केन्द्रले ३२ स्थानमा विजय हासिल गरेको छ भने १३ स्थानमा अग्रता कायम गरिरहेको छ । अन्य दल र स्वतन्त्रले ६ स्थानमा विजय हासिल गरेका छन् भने ५ स्थानमा अग्रता कायम गरिरहेका छन् ।

तस्विर श्रोत : थाहा खबर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com