नेपालमा थप १५७ जनामा कोरोना संक्रमण
प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार
नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६५ हजार ६९८ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २५ छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ ।






