शुक्रबार अध्यागमनबारेका ३ कार्यकारी आदेश जारी गरिने: शरणार्थी, पब्लिक चार्ज र परिवार पुनर्मिलन

प्रकाशित मिति : माघ १४, २०७७ बुधबार

हरेक दिन कार्यकारी आदेश जारी गर्दै आएका अमेरिकी राष्ट्रपति जो बाइडेनले अध्यागमनका लागि आगामी शुक्रबार छुट्याएका छन् । बाइडेनले शुक्रबार अध्यामगनबारेका कम्तीमा तीनवटा कार्यकारी आदेशहरु जारी गर्ने जनाइएको छ ।

शरणार्थी कार्यक्रममा बृद्धि

बाइडेनले अमेरिकामा ठूलो संख्यामा शरणार्थी स्वीकार गर्नेगरी कार्यकारी आदेशमार्फत लक्ष्य तय गर्ने जनाइएको छ । ट्रम्पले आर्थिक बर्ष २०२१ का लागि शरणार्थीको कोटा अधिकतम १५ हजार कायम गरेकोमा बाइडेनले यसबारे कार्यकारी आदेश जारी गर्ने तयारी गरेका छन् । बाइडेनले चुनावी अभियानका क्रममा शरणार्थीको कोटा बार्षिक १ लाख २५ हजारसम्म बनाउने प्रतिबद्धता जनाएका थिए ।

बाइडेनले शरणार्थी कार्यक्रममा कसरी बृद्धि गर्नेछन् भन्नेबारे केही बताइएको छैन । ह्वाइट हाउसका अधिकारीले कार्यकारी आदेशमार्फत शरणार्थी स्वीकार कार्यक्रम पुनस्थापना गरिने र शरणार्थीको संरक्षणमा अमेरिकाका ऐतिहासिक नेतृत्वदायी भूमिकालाई कायम गरिने बताएका छन् ।

शुक्रबार नै शरणार्थी सम्बन्धि कार्यकारी आदेश जारी गर्ने बताइएको छ । तर कुनै कारणवश जारी नभएमा अर्को साता जारी हुने जनाइएको छ ।

पब्लिक चार्जको नियम रद्द

बाइडेनले कार्यकारी आदेशमार्फत विवादास्पद पब्लिक चार्जको नियम रद्द गर्ने योजना बनाएका छन् । सरकारी सुविधा लिएका, लिने सम्भावना भएका र कम आम्दानी भएकाहरुलाई ग्रिनकार्ड प्राप्त गर्न मुस्किल बनाउने यो नियम ट्रम्पले गतबर्षदेखि लागु गरेका थिए । विभिन्न कानूनी लडाई पार गरेर यो नियम कार्यान्वयनमा रहेको छ ।

सरकारबाट मेडिकेड, फुड स्ट्याम्प र आवासीय सुविधा लिएकाहरुलाई ग्रिनकार्ड पाउनमा कठिन बनाउने यो नियम आफ्नो खुट्टामा उभिन नसक्नेहरुका लागि अमेरिकी सपनामा तगारो बनेको छ । आवेदक भविश्यमा पब्लिक चार्ज हुने नहुने निर्धारण गर्न युएससीआईएसका अधिकारीले ८ वटा मुख्य मापदण्डहरुको प्रयोग गर्छन् ।

युएससीआईएसका अनुशार बेरोजगारी विमाबाट आउने रकमलाई पब्लिक चार्जमा गणना गरिदैन । युएससीआईएसले पब्लिक चार्जबारेको फेडरल रजिस्टरमा प्रकाशित अन्तिम नियममा यसबारे प्रस्टसँग बताएको छ । सुचनाको पृष्ठ ४१३९० मा युससीआईएसले बेरोजगारी विमाको रकम पब्लिक चार्जमा गणना नहुने स्पष्ट पारेको छ ।

परिवारको पुनर्मिलन

बाइडेनले कार्यकारी आदेशमार्फत ट्रम्प कार्यकालमा विछोडिएका परिवारको पुनर्मिलनका लागि टास्क फोर्सको व्यवस्था गर्ने जनाइएको छ । ट्रम्पको शुन्य शहनशीलता नीतिका कारण सिमाक्षेत्रमा कैयन परिवारहरु विछोडिन पुगेका छन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com