पुरानो सोसल सेक्युरिटी कार्ड च्यातियो वा नष्ट भयो ? नयाँ कार्ड अनलाइनबाटै निशुल्क


प्रकाशित मिति : श्रावण २९, २०८० सोमबार

Photo by DonkeyHotey on Flickr. License: Attribution 2.0 Generic (CC BY 2.0)

तपाईको सोसल सेक्युरिटी कार्ड च्यातियो वा नष्ट भयो ? तपाईले नयाँ कार्ड अनलाइनबाटै निशुल्क आवेदन दिएर प्राप्त गर्न सक्नुहुनेछ । तर त्यसका लागि तपाईले केही मापदण्डहरु भने पूरा गरेको हुनुपर्छ ।

यदि तपाई १८ बर्षभन्दा माथिको अमेरिकी नागरिक हुनुहुन्छ भनेमात्र तपाईले पुरानो कार्डको सट्टामा उही नम्बरको नयाँ कार्ड अनलाइनमार्फत आवेदन दिएर प्राप्त गर्न सक्नुहुनेछ । तर तपाईले अनलाइनमार्फत आवेदन दिएर कार्डमा नाम परिवर्तन गर्न भने सक्नुहुन्न ।

साथै तपाईसँग अलास्का, डेलावर र विसकन्सिनबाहेक अन्य कुनै राज्यको परिचयपत्र हुन आवश्यक हुन्छ । त्यस्तै मिनेसोटा, नेभाडा, न्यु ह्याम्पशायर, ओक्लोहोमा र वेष्ट भर्जिनिया निवासीहरुका लागि पनि अनलाइनमार्फत पुरानो कार्डको साटो उही नम्बरको नयाँ कार्ड प्राप्त गर्न सकिनेछैन ।

अनलाइनमार्फत पुरानो कार्डको साटो नयाँ कार्डका लागि आवेदन दिन तपाईले अनलाइनमा एकाउन्ट बनाउन जरुरी हुन्छ । यदि तपाईसँग माइ सोसल सेक्युरिटी एकाउन्ट छ भने तपाईले त्यही युजर आईडी र पासवर्डमार्फत लगइन गरेर पुरानो कार्डको साटो नयाँ कार्डका लागि आवेदन दिन सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइनमार्फत एकाउन्ट खोल्न वा लगइन गर्नका लागि यहाँ क्लीक गर्नुहोला ।

लगइन गरिसकेपछि तपाईले ‘रिप्लेस योर सोसल सेक्युरिटी कार्ड’ विकल्प देख्नुहुनेछ । त्यसमा क्लीक गरिसकेपछि तपाईले अनलाइनमार्फत आवेदन दिन सक्नुहुनेछ ।

Photo by DonkeyHotey on Flickr. License: Attribution 2.0 Generic (CC BY 2.0)

अनलाइन आवेदनका लागि योग्य नभएमा

यदि तपाई अमेरिकन नागरिक हुनुहुन्न भने वा अनलाइनमार्फत आवेदन दिन सक्नुभएन भने हुलाकमार्फत आवेदन पठाएर वा स्थानीय सोसल सेक्युरिटी कार्ड सेन्टरमा गएर आवेदन दिन सक्नुहुनेछ । हुलाकमार्फत आवेदन पठाउँदा तपाईले फर्ममा साथमा उपयुक्त परिचयपत्रको ओरिजिनल पठाउनुपर्छ ।

कुन अध्यागमन स्टाटसमा रहेको व्यक्तिले कस्ता कागजात पेश गर्ने थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

तपाईसँग उपयुक्त डकुमेन्ट छ भने तपाईले फर्म डाउनलोड गरेर भर्न सक्नुहुनेछ ।

फर्म डाउनलोड गर्नका लागि यहाँ क्लीक गर्नुहोस् ।

त्यसपछि फर्म भरेर हस्ताक्षर गरी कागजातसहित एउटा खाममा हाल्नुहोला । अनि हुलाकमार्फत पठाउनुहोला वा सोसल सेक्युरिटी कार्ड सेन्टरमा ड्रपबक्समा लगेर खसाल्नुहोला ।

तपाईले ग्रिनकार्ड प्राप्त गरिसकेपछि वा अमेरिकी नागरिकता प्राप्त गरिसकेपछि आफ्नो अध्यागमन अवस्थाबारे अपडेट गराउनका लागि हुलाकमार्फत वा ड्रपबक्समार्फत आवेदन पठाउन सक्नुहुनेछ । हुलाक वा ड्रपबक्सबाट पठाउँदा आफ्नो पूरा नाम, पूरा ठेगाना र फोन नम्बर खाममा समेत लेख्न नबिर्सनुहोला ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com