प्याजका बेर्ना बेचेर मनग्य आम्दानी


प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार

❒ कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ ।

❒ कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ । उनले अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहेकी छन्।

❒ तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उनले बेर्ना उत्पादन रोजेका हुन् । कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहेकी छन् ।

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

व्यावसायिकरूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर राम्रो आम्दानी लिन थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्ना उत्पादन पनि हो । तरकारीका बेर्ना उत्पादनमा भविष्य देखेपछि यसमा किसानको आकर्षण बढ्दै गएको छ ।

कैलालीको टीकापुर–१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरीको आरती बेर्ना नर्सरी उत्पादन फार्म छ । यहाँ चार कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरी सोही स्थानबाट बिक्री गरिन्छ । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ । उनले अन्य तरकारीको बेर्नासँगै प्याजको बेर्ना बेचिरहेकी छन्।

व्यावसायिकरूपमा बेर्ना उत्पादन गर्ने उनले अहिले दैनिक नर्सरीबाटै रु २५० प्रतिकिलोमा बेर्ना बेचिरहेका छन् । वनगाउँ र घियागाउँका दुई स्थानमा गरी सात कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहेका छन् । अहिलेसम्म करिब ३० क्विन्टल  प्याजको बेर्ना बेचिसकेका छन्। कृष्णामतीले यो सिजनमा रु सात लाख ५० हजारका बेर्ना बिक्री गरेका हुन् । “अन्य वर्षभन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ । यस वर्ष आम्दानी पनि राम्रै भइरहेको छ”, उनले भने, “बेर्ना बिक्री गर्ने सिजनमा महिनामा रु तीन लाखसम्म कमाउन सकिन्छ ।”

तरकारी खेतीभन्दा बेर्ना बिक्रीमा आम्दानी देखेपछि उनले बेर्ना उत्पादन रोजेका हुन् । कृष्णामतीजस्तै अर्की महिला सुभद्रा चौधरीले पनि यतिखेर प्याजका बेर्ना बेचेर राम्रो कमाइ गरिरहेकी छन् । उनले पाँच कठ्ठा जग्गामा बेर्ना उत्पादन गरेकी छन् । “आजभोलि प्याजको बेर्ना बेचिरहेकी छु, यसअघि गोलभेँडा, काउली, बन्दागोभीको बेर्ना बेचेँ”, उनले भनिन्, “मासिक रु एक लाखसम्म कमाइ हुन्छ, काम हामी आफ्नै परिवारका सदस्यले गर्छौँ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको बारीमै बेर्ना किन्ने ग्राहक पुग्छन् । थोरै जमिनमा तरकारी खेती गर्नेले बेर्ना किनेर लगाउँछिन् । थोरै बारीमा खेती गर्नेका लागि बेर्ना किनेर लगाउन सजिलो हुन्छ । कृष्णामतीको बारीमा प्याजको बेर्ना किन्न गएकी बन्दना जैशीले गाउँमै बेर्ना पाएपछि सजिलो भएको बताइन् । “एक किलो प्याजको बेर्ना चाहिएको थियो, सहजै पाइयो”, उनले भनिन्, “एक किलो लगाउनेले बेर्ना आफैँ राख्न झण्झट हुन्छ । यसरी किन्न पाए सजिलो भयो ।”

विगतका वर्षमा सहज र सस्तोरूपमा सीमा नाकाबाट प्याजको बीउ नेपाली बजारमा आउने गर्दथ्यो तर यस वर्ष सीमा नाकाबाट तरकारी बेर्ना आएकी छैनन् । यसले नेपाली उत्पादकले बजार पाएको किसान बताउँछिन् । “अन्य बेर्ना उत्पादनमा लगानी र मेहनत धेरै लाग्छ तर प्याजको बेर्ना उत्पादनमा कम मेहनत लाग्ने गर्दछ”, होसन्ना बेर्ना नर्सरीका सञ्चालक जयराम चौधरी भन्छन्, “सहज भएकाले प्याजका बेर्ना उत्पादन गरी बिक्री गरिहेका छौँ । हाम्रो पनि परिवारका सदस्यले काम गर्छन् । घरमै बसीबसी आम्दानी लिन सकिन्छ ।” टीकापुर नगरपालिका कृषि शाखाले पनि बीउ उत्पादनमा लागेका किसानलाई प्रोत्साहन गर्ने नीति लिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com