एकसातादेखि हराएका नेपाली विद्यार्थीको खोजीका लागि न्युजर्सीको प्रहरीबाट सार्वजनिक सुचना जारी


प्रकाशित मिति : माघ १२, २०७७ सोमबार

न्युजर्सीको म्याडिसन प्रहरीबाट एकसातादेखि हराएका नेपाली विद्यार्थीको खोजीका लागि सार्वजनिक सुचना जारी गरिएको छ । अजय शाह नाम गरेका नेपाली विद्यार्थी गत जनवरी १८ देखि हराइरहेकोमा आज म्याडिसन प्रहरी विभागले शाहको खोजीका लागि सर्वसाधारणको सहयोगका लागि अपिल गर्दै सार्वजनिक सुचना जारी गरेको हो ।

उनको बारेमा कुनै सुचना प्राप्त भएमा फोन नम्बर ९७३ ५९३ ३००० मा खबर गरिदिन म्याडिसन प्रहरीले अनुरोध गरेको छ । ५ फिट ६ इन्च उचाई भएका अजय शाहको कालो आँखा र कालो कपाल रहेको छ । उनको तौल अन्दाजी १२५ पाउण्ड रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२२ बर्षका शाहको पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ । उनले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्र्दै आएको जनाएको छ ।

भाईलाई खोज्दै न्युयोर्क आइपुगेका उनका दाजु शिव शाहले खोजीका लागि प्रहरीलाई अनुरोध गरिएपनि प्रहरीले खोजी कार्य अन्त्यन्तै ढिलो गतिमा गरिरहेको बताएका छन् । न्युजर्सीको मेडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत अजय शाह हराएको बारे कलेजलाई पनि खबर गरिसकिएको जनाइएको छ ।

 

उनको विगत एकसातादेखि सामाजिक सञ्जाल र फोनमा समेत कुनै गतिविधि नदेखिएको जनाइएको छ । उनको बैंकको ट्रान्जेसक्सन हेर्दा जनवरी १९ मा न्युयोर्कमा आउनका लागि टिकट किनेको जस्तो देखिएको छ । जनवरी ११ मा विहान ११ बजेतिर टिकट किनेको देखिएपनि त्यसपछि बैंक कार्डमा पनि कुनै ट्रान्जेक्सन नदेखिएको जनाइएको छ ।तर उनी टिकट लिएर न्युयोर्क आए नआएकोबारे केही खुलेको छैन ।

घटनालाई गम्भिरतापूर्वक लिन र म्याडिसन प्रहरीलाई ९७३ ५९३ ३००० मा फोन गरेर र न्युयोर्क प्रहरीलाई फोन गरेर शाहको खोजीमा सहयोगका लागि दवाव श्रृजना गरिदिन परिवारका तर्फबाट आग्रह समेत गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com