चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन


प्रकाशित मिति : माघ १२, २०७७ सोमबार

❒ चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन

अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो ।

चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्यास उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पु¥याएको विभागले जनाएको छ ।

प्राकृतिक ग्यास उत्पादनमा डिसेम्बरमा अझ बढी वृद्धि भएको देखिएको छ । डिसेम्बरमा चीनले १३.७ अर्ब घन मिटरबाट १८.७ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन गरेको हो ।

चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्यास निर्यात गरेको छ यो अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले बढी हो । सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com