अमेरिकाको न्युजर्सीबाट नेपाली विद्यार्थी एकसातादेखि बेपत्ता, खोजीमा सघाउन परिवारको आग्रह


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

अमेरिकाका एकजना नेपाली विद्यार्थी एकसातादेखि बेपत्ता भएको भन्दै खोजीमा सघाउन उनका परिवारका तर्फबाट आग्रह गरिएको छ । अजय शाह नाम गरेका नेपाली विद्यार्थी गत जनवरी १८ देखि हराइरहेको उनका दाजु शिव शाहले बताएका छन् ।

२२ बर्षका शाहको पुख्यौली घर सिराहा रहेको र हाल उनको परिवार कीर्तिपुरमा बस्दै आएको जनाइएको छ । उनले विगत साढे २ बर्षदेखि ड्रिउ युनिभर्सिटीमा अध्ययन गर्र्दै आएको जनाएको छ ।

भाईलाई खोज्दै न्युयोर्क आइपुगेका शिव शाहले खोजीका लागि प्रहरीलाई अनुरोध गरिएपनि प्रहरीले खोजी कार्य अन्त्यन्तै ढिलो गतिमा गरिरहेको बताएका छन् । न्युजर्सीको मेडिसनमा रहेको ड्रिउ युनिभर्सिटीमा अध्ययनरत अजय शाह हराएको बारे कलेजलाई पनि खबर गरिसकिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

५ फिट ७ इन्च उचाई भएका अजय शाहको कालो आँखा र कालो कपाल रहेको छ ।

उनको विगत ६ दिनदेखि सामाजिक सञ्जाल र फोनमा समेत कुनै गतिविधि नदेखिएको जनाइएको छ । उनको बैंकको ट्रान्जेसक्सन हेर्दा जनवरी १९ मा न्युयोर्कमा आउनका लागि टिकट किनेको जस्तो देखिएको छ । जनवरी ११ मा विहान ११ बजेतिर टिकट किनेको देखिएपनि त्यसपछि बैंक कार्डमा पनि कुनै ट्रान्जेक्सन नदेखिएको जनाइएको छ ।तर उनी टिकट लिएर न्युयोर्क आए नआएकोबारे केही खुलेको छैन ।

घटनालाई गम्भिरतापूर्वक लिन र म्याडिसन प्रहरीलाई ९७३ ५९३ ३००० मा फोन गरेर र न्युयोर्क प्रहरीलाई फोन गरेर शाहको खोजीमा सहयोगका लागि दवाव श्रृजना गरिदिन परिवारका तर्फबाट आग्रह समेत गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com