चीनमा खानीभित्र फसेको दुई सातापछि ११ जनाको सकुशल उद्धार


प्रकाशित मिति : माघ ११, २०७७ आईतबार

❒ चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरको सकुशल उद्धार

❒ खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूरहरु खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास

हाल उद्धार अभियान सञ्चालनका लागि ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

चीनको पूर्वी प्रान्तको एक सुनखानीमा सयौं मिटर भित्र फसेका ११ जना मजदुरलाई उद्धारकर्ताहरुले आइतबार सकुशल बाहिर निकालेका छन् । यस खानीमा अझै ११ जना भित्रै फसेको अधिकारीहरुले बताएका छन् ।

खानीभित्र विस्फोट भएपछि विगत दुई सातादेखि मजदूरहरु खानीको सुरुङमा फसेका र उद्धारका लागि व्यापक प्रयास भइरहेको चिनियाँ केन्द्रीय प्रशारण संस्था सिसिटिभीले जनाएको छ ।

स्थानीय समय अनुसार आइतबार अपराह्न ३ बजेर १८ मिनेटमा अन्तिम पटक दुई जना मजदूरलाई बाहिर निकालिएको थियो । यो सहित उद्धार गरिएकाको संख्या ११ पुगेको छ ।

हाल उद्धार अभियान सञ्चालनका लागि ६३३ जना उद्धारकर्मी र ४०७ वटा उपकरण फिल्डमा परिचालन गरिएको छ । खानीभित्र करिब ६०० मिटरको गहिराईमा ती मजदूरहरु गत जनवरी १० मा फसेका थिए । यो खानीस्थल पूर्वी शाङदोङ प्रान्तको यान्ताईस्थित किझियामा रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार अघिसम्म उद्धारकर्ताहरुले खानीभित्र फसेका १० जना मजदूरसँग मात्र सम्पर्क स्थापना गर्न सफल भएका थिए ।

उद्धारकर्ताहरुले खानीभित्र फसेका व्यक्तिका लागि ढुङ्गामा ड्रिल गरेर खाना, औषधि र अन्य सरसामान भित्र पठाएका थिए । खानीभित्र हराइरहेका अरु व्यक्तिको खोजी एवं पहिचान गर्नका लागि डिटेक्टर र पोषक तत्वहरु पनि पठाइएको छ ।

खानीको तल्लो भागमा पानीको सतह बढ्दै गएकाले जोखिम अरु बढ्ने अवस्था रहेको उद्धारकर्ताहरुको भनाई छ । खानीभित्र अलपत्र परेका नौ जनाको जीवन जोगाउन निकै मुश्किल देखिएको पनि उद्धारकर्ताहरुले बताएका छन् ।

चीनमा खानी दुर्घटनाका घटनाहरु नियमित झैं देखिएका छन् । खानीमा सुरक्षा व्यवस्था कमजोर भएको र नियामक निकायहरुले पनि बेवास्ता गरेको आरोप लाग्ने गरेको छ ।

गत डिसेम्बरमा पनि चोङकिङको खानीमा सुरुङभित्र चेपिएर २३ जना मजदूरको ज्यान गएको थियो । एएफपी–सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com