Follow @khasokhasmag

यस्तो हुनेछ मेयरदेखि वडासदस्यसम्मको तलबभत्ता


प्रकाशित मिति : जेष्ठ २, २०७४ मंगलबार

वैशाख ३१ गते स्थानीय निर्वाचन भएसँगै देशभरबाट निर्वाचनको परिणाम आइरहेको छ । यसपालीको निर्वाचनमा पनि कांग्रेस, एमाले र माओबादी नै ठूला शक्ति बनेर आउने पक्का जस्तै छ । तर अहिले नै यसरी पूर्वानुमान गर्दा नमिल्न पनि सक्छ ।

उम्मेदवारहरु विजयी हुँदै गर्दा उनीहरुको सेवा सुविधाको बारेमा जानकारी हुनु राम्रो हुन्छ । महानगरपालिकादेखि गाउँपालिका सम्मका प्रमुख, उप प्रमुख र वडाध्यक्षलाई मासिक तलबको व्यवस्था गरिँदैछ छ भने सदस्यहरुलाई बैठक भत्ताको प्रस्ताव गरिएको छ ।

प्रस्तावित सेवा सुविधा अनुसरा विजयी जनप्रतिनिधिले पाउने तलब यस्तो रहको छ ।

महानगरपालिका
प्रमुख, मासिक ६० हजार
उपप्रमुख, मासिक ५० हजार
वडाध्यक्षको, मासिक ३० हजार

उपमहानगरपालिका
प्रमुख मासिक तलब ४५ हजार
उपप्रमुख, मासिक तलब ४० हजार
वडाध्यक्ष, मासिक तलब २५ हजार

नगरपालिका
प्रमुख, मासिक तलब ३० हजार
उपप्रमुख, २५ हजार
वडाध्यक्ष, मासिक २० हजार

गाउँपालिका
प्रमुख, २५ हजार
उपप्रमुख, २० हजार
वडाध्यक्ष १५ हजार

वडा सदस्यहरुको तलब मासिक १ हजार

बैठक भत्ता, प्रत्येक बैठकको १ हजार

लोकान्तरबाट

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com