रक्षामन्त्रीमा लोयड अस्टिनको नाम सिनेटबाट स्वीकृत, पहिलो अश्वेत रक्षामन्त्री


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

अमेरिकी रक्षामन्त्रीमा लोयड अस्टिनलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले शुक्रबार स्वीकार गरेको छ । अस्टिन अमेरिकी रक्षामन्त्री हुने पहिलो अफ्रिकन मुलका अश्वेत अमेरिकन भएका छन् ।

अस्टिन अमेरिकी सेनाको मध्य कमाण्डका कमाण्डरबाट सन् २०१६ मा रिटायर्ड भएका थिए । नयाँ जागिर लिनका लागि अमेरिकी सेनाबाट सेवानिबृत्त भएको ७ बर्षसम्म कुनुपर्ने प्रावधान रहेकाले उनको नियुक्तीका प्रतिनिधिसभाबाट वेभर पारित गराउनु परेको थियो । त्यसपछि उक्त वेभर सिनेटबाट पारित गरिएको थियो ।

बिहिबार भएको मतदानले सिनेटमा अस्टिनको नियुक्ती स्वीकृत गर्नका लागि बाटो खुलेको थियो । अस्टिनको नियुक्तीका पक्षमा शुक्रबार सिनेटमा ९३ मत प्राप्त भएको छ भने विपक्षमा २ मत प्राप्त भएको थियो । दुईजना रिपब्लिकन सिनेटरहरुले उनको नियुक्तीको विपक्षमा मतदान गरेका थिए ।

यसअगाडि बुधबार राष्ट्रिय खुफिया एजेन्सीको प्रमुखमा एभ्रिल हेन्सलाई नियुक्त गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको सिफारिसलाई सिनेटले स्वीकार गरेको थियो । यो बाइडेनको मन्त्रिपरिषद्मा सिनेटबाट स्वीकृत पहिलो सिफारिस थियो ।

हेन्स सीआईएको पूर्व सहायक निर्देशक हुन् । उनले ओबामाको कार्यकालमा मुख्य सहायक राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेकी थिइन् । उनको नियुक्ती स्वीकृत भएसँगै अमेरिकाको खुफियामा पहिलोपटक महिला नेतृत्व आएको छ ।

नेशनल इन्टेलिजेन्स निर्देशक एभ्रिल हेन्स

अमेरिकामा राष्ट्रिय खुफिया निर्देशक मन्त्रिस्तरको पद हो । जसले अमेरिकाका विभिन्न १७ वटा खुफिया एजेन्सीहरुको प्रमुखका रुपमा काम गर्छ । जसमा सीआईए, डीआईए, सीजीआई लगायत रहेका छन् ।

सिनेटमा एभ्रिलका नियुक्तीको पक्षमा ८४ र विपक्षमा १० मत खसेको थियो । रिपब्लिकन सिनेटर टम कटनले नियुक्तीबारे विरोध गर्दै आफ्नो प्रश्नको लिखित जवाफ मागेपछि बुधबार नै एभ्रिल नियुक्ती स्वीकृत हुनेमा आशंका देखिएको थियो । तर टिम कटनलाई लिखित जवाफ दिइएपछि उनले अवरोध फिर्ता लिएका थिए ।

बाइडेनको मन्त्रिपरिषद्

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com