‘ओलीले आफूसँगै अरूलाई पनि सर्वनाश पार्छन्’ : भट्टराई


प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार

❒ प्रधानमन्त्री ओली हिटलरजस्तै निरंकुश र तानाशाही नेता भएको भट्टराईको आरोप

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला । 

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरजस्तै निरंकुश र तानाशाही नेता भएको बताएका छन् ।

प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले ओलीलाई हिटलरसँग तुलना गर्दै छिट्टै पतन हुने बताएका हुन् । उनले भने, ‘म ओलीलाई हिटलरसँग तुलना गर्छु, उनीमा चरम निरंकुशता छ । यस्ता शासक जतिसुकै बलिया ठानिए पनि आफूसँगै अरूलाई पनि सर्वनाश पार्छन् ।’

भट्टराईले आगामी बैशाखमा चुनाव हुन नसक्ने पनि ठोकुवा गरेका छन् । उनले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको र संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे । संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अंग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद विघटन गरेको उनको आरोप छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com