अमेरिकामा जनवरी २२ देखि एकसयदिनसम्म देशनिकाला कार्यान्वयनमा रोक


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

आजदेखि सुरु बाइडेन प्रशासनले जनवरी २२ देखि लागु हुने गरी एकसय दिनसम्मका लागि निश्चित प्रकारका देशनिकालाका आदेश कार्यान्वयनमा रोक लगाएको छ । राष्ट्रिय सुरक्षा, सिमा सुरक्षा र जनसुरक्षा लक्ष्यीत निष्पक्ष र प्रभावकारी अध्यागमन कार्यान्वयन प्रणाली भएको सुनिश्चित गर्न निश्चित प्रकारका देशनिकाला कार्यान्वयनमा रोक लगाइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

विश्वब्यापी महामारीको बीचमा दक्षिण पश्चिम सिमाक्षेत्रमा कामकारवाहीको चुनौतिसहित डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई आफ्ना श्रोतहरु दवावमुलक चुनौतिको सामना गर्न सक्षम भए नभएको सुनिश्चित गर्न समेत यो स्थगनले मद्दत गर्ने जनाइएको छ । अन्तरिम अवधिमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अध्यागमन कानुन भने लागु गरिरहने जनाइएको छ ।

आज डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यवाहक सेक्रेटरीले मेमोमा हस्ताक्षर गर्दै सीबीपी, आईस र युएससीआईएसलाई अध्यागमन कानुन कार्यान्वयन नीति पुनरावलोकन गर्न र सर्वधारणका लागि अध्यागमन कानुन कार्यान्वयनमा लागि अन्तरिम नीतिहरु बनाउन निर्देशन दिएका हुन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम प्राथमिकता निर्धारण नगर्दासम्म अन्तरिम नीति बनाएर लागु गर्न भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खासगरी अपराधको पृष्ठभूमि भएकाहरुबाहेक अन्यलाई देशनिकालाको प्राथमिकतामा नराख्न बाइडेन प्रशासनले गृहकार्य सुरु गरेको देखिएको छ । ओबामा प्रशासनले अपराधको पृष्ठभूमि नभएका तथा राष्ट्रिय सुरक्षा, सिमा सुरक्षा र जनसुरक्षामा खतरा नरहेकाहरुलाई देशनिकालाको प्राथमिकतामा राखेको थिएन । बाइडेन प्रशासनले नीतिलाई त्यही अवस्थामा लैजान खोजेको देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com