अमेरिकी अवार्ड पाउने भण्डारी भन्छन् – ‘यो सबै नेपालीप्रतिको सम्मान हो’


प्रकाशित मिति : जेष्ठ २, २०७४ मंगलबार

अमेरिकी मुल राजनीतिमा सक्रिय एक नेपाली एचबि भण्डारीले आफूले अमेरिकी सरकारबाट पाएको सम्मान सम्पूर्ण नेपालीप्रतिको सम्मान भएको बताएका छन् । करिव एक दशक देखी अमेरिकाको मुल धारको राजनीतिमा सक्रिय भण्डारी एशियन अमेरिकन एक्सिलेन्ट अवार्ड मार्फत सम्मानित भएका हुन् ।

पर्वत मुल घर भएका भण्डारीलाई सामाजिक तथा आर्थिक उत्तरदायित्व निर्वाह गरेको भन्दै अमेरिकास्थिति मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीले सम्मान गरेको हो ।

काउन्टीले दिएको उक्त सम्मानबाट सम्मानित हुने भण्डारी पहिलो नेपाली हुन् । उनले अमेरिकन राजनीतिमा संलग्न नेपाली मध्येबाट युवा नेताको छवि बनाएका छन् । गएको राष्ट्पति निर्वाचनमा उनले हिलारीको पक्षमा अभियान नै चलाएका थिए ।

शिक्षण पेशामा संलग्न रहेका भण्डारी नेपाली कम्युनिटिमा पनि एक असल समाजिक अभियान्ताका रुपमा परिचित छन् । भण्डारी बाल्टिमोर काउन्टीस्थित लिनओभर कम्युनिटी एशोसिएशनका स्वमसेवी अध्यक्ष छन् ।

आफु सम्मानित भएको खुसी व्यक्त गर्दै भण्डारीले खसोखाससंग भने यो सम्मान समग्र नेपालीले पाएको सम्मान हो, यस सम्मानले मलाई अमेरिकी मुल राजनीतिमा अझ सक्रिय हुन र नेपालीहरुको हितमा काम गर्न उर्जा थपेको छ ।

समाज सेवामा सक्रिय भण्डारीले नेपालमा भुकम्प जाँदा नेपालका चार बिद्यालयमा आर्थिक सहयोग समेत गरेका थिए । उनले बाल्टिमोर शिक्षक युनियनबाट समेत सहयोग जुटाई भुकम्पका बेला सहयोग गरेका थिए ।

नेपालमै रहँदा २४ बर्षको उमेरमा बिद्यालयको प्राध्यापक समेत भएका भण्डारी अंग्रजी साहित्यमा समेत रुची राख्छन् । नेपालमै रहँदा लेखन तथा प्राध्यापन उनको अर्को सबल पक्ष हो ।

ुराजनीति निति निमार्ण तथा बिकासका लागि गरिन्छ, हामी जन्मेको देश नेपालको पनि अब बिकशित नेपालको परिचय बनाउनु छु,( भण्डारीले भने।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com