दुईसय ६० भन्दाबढी स्थानीय तहमा मतगणना जारी


प्रकाशित मिति : जेष्ठ २, २०७४ मंगलबार

पहिलो चरणको स्थानीय तहको वैशाख ३१ भएको निर्वाचनका मतपेटिका संकलन गर्ने कार्य पूरा भएको छ ।

निर्वाचन आयोगका अनुसार, मतपेटिका सङ्कलन भएपनि मुलुकका सात वटा मतदान केन्द्रमा मतगणना सुरु हुन बाँकी नै रहेको छ । छ स्थानमा विभिन्न कारणले मतगणना र मतदान नै रोकिएको छ ।

काभ्रे र दोलखाको एक तथा कालीकोटको दुई स्थानमा भएको विवाद र झडपका कारण पुनःनिर्वाचनको माग भई आएकाले त्यसबारे छलफल भइरहेको जनाइएको छ ।

भक्तपुरको चाँगु–नगरकोटमा अन्य जिल्लाको केही मतपत्र प्रयोग भएका कारण पुनः मतदानको माग भएको हो । निर्वाचन आयोगमा हालसम्म विभिन्न स्थानीय तहका पाँच अध्यक्ष, चार उपाध्यक्षसहित १५८ जना निर्वाचित भएको आधिकारिक विवरण प्राप्त भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानमा भएको मतदानमा २६० भन्दाबढी स्थानमा भने मतगणना जारी रहेको आयोगले जनाएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com