मार्चको सुरुमै नेपाललाई ६ मिलियन डोज कोरोनाबिरुद्धको भ्याक्सिन, वितरण चुनौतिपूर्ण


प्रकाशित मिति : माघ ४, २०७७ आईतबार

मार्चको सुरुमै नेपाललाई झण्डै ६ मिलियन डोज कोरोनाबिरुद्धको भ्याक्सिन कोभिसिल्ड उपलब्ध गराइने, नेपालको जनसंख्याको २० प्रतिशतलाई पुग्ने

भ्याक्सिन उत्पादक चीनको सिनोफार्म र भारत बायोटेक अफ इन्डियाले पनि आफ्ना भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि नेपालमा आवेदन

नेपालले ५५ बर्षभन्दा माथिका उमेरका व्यक्ति र स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिनको पहिलो प्राथमिकतामा राख्ने, ४० प्रतिशत जनसंख्यालाई निशुल्क भ्याक्सिन

भ्याक्सिन वितरणका लागि झण्डै १६ हजार केन्द्रहरु, दुर्गम स्थानमा भ्याक्सिन वितरण चुनौतिपूर्ण

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

आगामी मार्चको सुरुमै नेपाललाई झण्डै ६ मिलियन डोज कोरोनाबिरुद्धको भ्याक्सिन कोभिसिल्ड उपलब्ध गराइने भएको छ । नेपालको औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको उक्त खोपलाई आपतकालीन प्रयोगका लागि शुक्रबार अनुमति दिएको थियो ।

मार्चको सुरुमै नेपालको जनसंख्याको २० प्रतिशतलाई पुग्ने कोरोनाबिरुद्धको खोप प्राप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अरु दुई वटा भ्याक्सिन उत्पादक चीनको सिनोफार्म र भारत बायोटेक अफ इन्डियाले पनि आफ्ना भ्याक्सिनको प्रयोगको स्वीकृतिका लागि नेपालमा आवेदन दिएका छन् ।

कोरोनाबिरुद्धको कोभिशिल्ड खोप भने अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप हो । यसले भारतमा पनि प्रयोगको लागि अनुमति पाइसकेको छ भने भारतमा ठुलो मात्रामा उत्पादन भैरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना परीक्षणका लागि स्वाब संकलन गरिदै । फोटो : दीपेन्द्र ढुंगाना

नेपालले ५५ बर्षभन्दा माथिका उमेरका व्यक्ति र स्वास्थ्यकर्मीहरुलाई भ्याक्सिनको पहिलो प्राथमिकतामा राख्ने भएको छ । झण्डै ४० प्रतिशत जनसंख्यालाई निशुल्क भ्याक्सिन उपलब्ध गराउने नेपालले जनाएको छ । कालान्तरमा भ्याक्सिनका लागि रकम तिर्न सक्नेहरुका लागि निजी अस्पताललाई पनि भ्याक्सिन वितरणको अनुमति दिनेबारे विचार भइरहेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

नेपालका स्वास्थ्य अधिकारीहरुले भ्याक्सिन वितरणका लागि झण्डै १६ हजार केन्द्रहरु स्थापना गरेको जनाएका छन् । ती केन्द्रहरुमा चिसो तापक्रममा भ्याक्सिन भण्डारण गर्न सक्ने उपकरणहरु पनि उपलब्ध रहेको जनाइएको छ । तर नेपालका दुर्गम स्थानहरुमा भ्याक्सिन वितरणका लागि भने चुनौतिको सामना गर्नुपर्ने देखिएको छ ।

बाटोको समस्या लगायतका कारण दुर्गम स्थानमा भ्याक्सिन लैजानु निकै चुनौतिपूर्ण रहेको छ । प्रान्त र जिल्लाहरुमा फ्रिजसहितका ट्रकमा भ्याक्सिन डेलिभर गर्ने तयारी भइरहेको तर जिल्लाका कोल्ड सेन्टरहरुबाट दुर्गम स्थानहरुमा भ्याक्सिन लैजानमा भने समस्या हुनसक्ने सरकारको भ्याक्सिन सल्लाहकार समितिका सदस्य डाक्टर श्याम राज उप्रेतीले बताएका छन् ।

नेपालमा पछिल्लो चरणमा उत्पन्न राजनीतिक संकटले पनि भ्याक्सिन वितरणमा समस्या उत्पन्न गर्नसक्ने देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com