दशैं मनाउने बिल संसदमा पेश गर्दै मेरिल्याण्डका ‘राज्य सांसद’ भण्डारी


प्रकाशित मिति : माघ ३, २०७७ शनिबार

❒ मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले राज्यमा दशैंलाई चाडको मान्यता दिलाउने बिल सदनमा पेश गर्ने

❒ दशैं धार्मिकमात्र नभई भाइचारा सम्बन्ध र सांस्कृतिक महत्वको चाड भएकाले यो संस्कृति र विविधताबारे गर्व गर्न सक्ने वातावरण बनाउनका लागि यो बिल ल्याउन लागेको

❒ अहिलेसम्म भण्डारीले सदनमा ल्याएका ५ वटा बिल पारित,  भण्डारी अमेरिकी राजनीतिमा यो स्तरमा पुग्ने पहिलो र एकमात्र जननिर्वाचित नेपाली अमेरिकन 

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन हाउस अफ डेलिगेट्सका सदस्य नेपाली मुलका ह्यारी (एचबी) भण्डारीले राज्यमा दशैंलाई चाडको मान्यता दिलाउने बिल सदनमा पेश गर्ने भएका छन् । खासगरी हिन्दु नेपालीहरुले मनाउँदै आएको चाड दशैंलाई राज्यमा औपचारिक रुपमा मान्यता दिलाउनका लागि यो बिल ल्याउन लागिएको उनले बताएका छन् ।

बिलका लागि अनुरोध भइसकेको र अहिले बिल ड्राफ्टको प्रकृयामा रहेको भण्डारीले जानकारी दिए । बिभिन्न कमिटिमा छलफल र दुबै सदनबाट पारित भइसकेपछिमात्र बिल कार्यान्वयनमा आउनेछ । यो बिल उनी नै सम्मिलित हेल्थ एण्ड गभर्मेन्ट अपरेशन कमिटिमा समेत आउनेछ ।

भण्डारीले आफ्नो कार्यालयमा नेपालको झण्डा समेत राखेका छन् ।

झण्डै एकदर्जन प्रकृया पूरा भएपछि बिल गभर्नर समक्ष जाने र गभर्नरले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आउनेछ । तर बिलमा दुईतिहाई बहुमतबाट पारित भएमा गभर्नरले हस्ताक्षर नगरेपनि बिल कार्यान्यनमा आउने प्रावधान छ ।

हिन्दु नेपालीहरुले मनाउने दशैं अमेरिकामा रहेका नेपालीहरुले पनि हर्षोल्लासका साथ मनाउँदै आएका छन् । तर दशैंलाई सरकारी स्तरबाट मान्यता प्राप्त नभएका कारण धेरै अमेरिकनहरुलाई यो पर्वबारे जानकारी छैन । त्यसैले अमेरिकामा रहेका नेपालीहरु दशैंको टिका लगाएर बाहिर निस्कन भने हिचकिचाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दशैं धार्मिकमात्र नभई भाइचारा सम्बन्ध र सांस्कृतिक महत्वको चाड भएकाले यो संस्कृति र विविधताबारे गर्व गर्न सक्ने वातावरण बनाउनका लागि आफूले यो बिल ल्याउन लागेको भण्डारीले खसोखासलाई बताए । नयाँ पुस्ता दशैं मनाएर ढुक्कसँग बाहिर निस्कन लाज मान्ने अवस्था आएकाले अबका दिनमा यसरी लाज मान्ने होइन, आफ्नो संस्कृतिबारे गर्व गर्नसक्ने वातावरण बनाउन आफूले पहल गरिरहेको उनको भनाई छ ।

दशैं चाडमात्र नभएर संस्कृति पनि हो ।

अहिलेसम्म भण्डारीले सदनमा ल्याएका ५ वटा बिल पारित भइसकेका छन् । भण्डारी अमेरिकी राजनीतिमा यो स्तरमा पुग्ने पहिलो र एकमात्र जननिर्वाचित नेपाली अमेरिकन हुन् । राज्यको सांसद स्तरमा भण्डारीबाहेक अहिलेसम्म कुनै पनि अरु नेपाली अमेरिकनहरु पुगेका छैनन् ।

भण्डारीले आफ्नो पदको सपथग्रहण समेत बेदलाई साक्षी राखेर गरेका थिए । उनले आफ्नो कार्यालयमा नेपालको झण्डा र नक्सा समेत राखेका छन् । आफ्नो कार्यालयमा रहेको नेपालको नक्साले आफू कहाँबाट आएको हो भन्ने कुरा आफूलाई सधै स्मरण गराइरहने भण्डारी बताउँछन् ।

सन् २०१८ को निर्वाचनमा विजयी भएका भण्डारीले राज्य सांसदका रुपमा सन् २०१९ को जनवरीदेखि काम गरिरहेका छन् । नेपालको पर्वत जिल्लामा सरकारी स्कुलमा पढेका भण्डारी सन् २००५ मा अमेरिका आएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com