कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै, सहभागी हुन देउवाको आह्वान


प्रकाशित मिति : माघ ३, २०७७ शनिबार

❒ प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

❒ विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सभापति देउवाको आग्रह

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको कांग्रेसले आज पनि ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन्। ‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको छ’, सभापति देउवाले विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।

यसअघि कांग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। यस्तै, माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमासमेत विरोध प्रदर्शन एवं सभाको आयोजना गर्दैछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com