नेपालमा थप २७० जनामा कोरोना संक्रमण, ५ को मृत्यु
प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार
नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।
❒ पछिल्लो २४ घण्टामा नेपालमा थप २७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुग्यो
❒ पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणमुक्त
❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६० हजार ५६७ संक्रमणमुक्त भएका छन् । यस्तै कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ४८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ ।






