कक्षा १२ को नतिजा माघ १० गतेभित्र सार्वजनिक हुने
प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार
❒ डाटा इन्ट्री र रुजु गर्ने काम भइरहेकोले माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी
❒ विद्यालयहरूले डाटा पठाउन ढिलाई गरेको कारण नतिजा सार्वजनिक मिति केहि दिन सरेको पौडेलको भनाई
❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।
कक्षा १२ को परीक्षा नतिजा यही माघ १० गतेभित्र सार्वजनिक हुने भएको छ । अहिले डाटा इन्ट्री र रुजु गर्ने काम भइरहेकोले माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
केही समयअघि नै नतिजा सार्वजनिक गर्ने तयारी भए पनि विद्यालयहरूले डाटा पठाउन ढिलाई गरेको कारण नतिजा सार्वजनिक मिति केहि दिन सरेको पौडेलको भनाई छ । जेठमै हुनुपर्ने परीक्षा कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित भई मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।






