मनाङ र मुस्ताङका तीन स्थानमा काँग्रेस विजयी


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

मनाङको नासङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका चन्द्र घले ५८४ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनबहादुर गुरुङले ४८५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी कमलमाया गुरुङ ५४६ मत ल्याई विजयी हुनुभयो भने नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङले ४६४ मत प्राप्त गर्नुभयो । यो गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी कमलामाया गुरुङ विजयी हुनुभयो ।

मनाङको नारफू गाउँपालिकामा काँग्रेस उम्मेदवार मिङ्मा छिरिङ लामा निर्वाचित हुनुभएको छ ।

त्यस्तै लोमन्थाङ गाउँपालिका  मुस्ताङमा काँग्रेस उम्मेदवार सुवर्णकुमार विष्ट निर्वाचित भएका छन् । उनी ६ सय २ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा पेमा डोल्मा विष्ट विजयी भएकी छिन् ।

त्यस्तै तमानखोला गाउँपालिका, बाग्लुङमा काँग्रेस उम्मेदवार जोकलाल बुढा विजयी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com