बिप्लव समर्थित अमेरिका र युरोपका मोर्चाबाट बास्तोलाको गिरफ्तारीको विरोध, रिहा गर्न माग


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

❒  नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित युरोप र अमेरिकामा रहेका मोर्चाका संयोजकबाट अन्तर्राष्ट्रिय ब्यूरो इन्चार्ज तथा नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला लगायतको गिरफ्तारीको विरोध गर्दै वक्तब्य जारी

❒  पार्टीका नेता तथा कार्यकर्ताहरु देशभर शान्तिपूर्ण रुपले जनसेवामा जुटिरहेको सन्दर्भमा सरकारले जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको भन्दै  भत्र्सना

❒  मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा विप्लव नेतृत्वको नेकपाका दोस्रो नेता मानिने बास्तोला मकवानपुरको बाग्मती गाउँपालिकाबाट पक्राउ

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित युरोप र अमेरिकामा रहेका मोर्चाका संयोजकहरुले सयुक्त वक्तब्य जारी गरी अन्तर्राष्ट्रिय ब्यूरो इन्चार्ज तथा नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोला लगायतको गिरफ्तारीको विरोध गरेका छन् । अमेरिका, जर्मनी, स्पेन, पोर्चुगल, बेल्यिजयम, पोल्याण्ड र युरोपका अध्यक्ष र संयोजकहरुले वक्तब्य जारी गर्दै गिरफ्तारीको विरोध गरेका हुन् ।

नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, अमेरिकामा संयोजक विश्व बहादुर शाह, स्पेनका संयोजक इश्वर शर्मा, पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्मा, जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, बेल्जियमका अध्यक्ष मेख गुरुङ, पोल्याण्डका संयोजक डाक्टर सुवर्णबाबु सापकोटा, नेपाली जनजाती सरोकार संघ बेल्जियमका अध्यक्ष तथा नेपाल प्रगसिशील मोर्चा युरोपका उपाध्यक्ष बदन योङहाङले संयुक्त वक्तव्य जारी गरेका हुन् । वक्तब्यमा बास्तोला लगायतका सम्पूर्ण राजनीतिक बन्दीहरुको रिहाईको माग गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विप्लव नेतृत्वको नेकपाले कोरोना संक्रमणको सुरुवाती दिनबाट नै आफ्ना आक्रमक गतिविधिहरु स्थगन गरेको र पार्टीका नेता तथा कार्यकर्ताहरु देशभर शान्तिपूर्ण रुपले जनसेवामा जुटिरहेको सन्दर्भमा सरकारले जनताको घरदैलोमा रहेका नेकपाका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने, यातना दिने र हत्यासमेत गर्ने गरेको भन्दै संयुक्त वक्तब्यमार्फत भत्र्सना गरिएको छ ।

बास्तो (कमरेड कञ्चन) लासहित विवेक कुमाल र विश्वासलाई पौष २९ गते गरिएको गिरफतारीको विरोध गर्दै वक्तब्यमा भनिएको छ कमरेड कञ्चन एक सच्चा बामपन्थी, बुद्धिजीवि विश्लेषक तथा चीरपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँ लगायत सम्पूर्ण राजनीतिक बन्दीहरुलाई यथाशीघ्र रिहा गर्न हामी जोडदार माग गर्दछौं ।

वक्तव्यमा अगाडि भनिएको छ – ‘नेपाली जनता अहिले यो असफल संसदीय ब्यबस्थाको जाँतोमा पिसिएको अवस्था छ । यो जनघाती, राष्ट्रघाती, परजीवी ब्यबस्थाको अन्त्य गरी संघीय जनगणतान्त्रिक सरकारको गठन गर्दै देशलाई वैज्ञानिक समाजवादी सत्तामा परिणत गर्ने महान अभियानमा रहेका नेता तथा कार्यकर्ताहरुको रक्षा र रिहाइको लागि पहल गरिदिन हुन राजनीतिक दल, मानवअधिकारकर्मी, बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार मित्रहरु लगायत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौं ।’

विप्लव नेतृत्वको नेकपाका दोस्रो नेता मानिने बास्तोला मकवानपुरको बाग्मती गाउँपालिकाबाट पक्राउ परेका हुन् । बाँस्तोला मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का एक सहयोगीसहित पक्राउ गरेको हो ।

बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद भएको प्रहरीले बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com