परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै, कोरोनाविरुद्ध खोप र सीमा समस्याबारे छलफल हुने


प्रकाशित मिति : माघ १, २०७७ बिहीबार

❒ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदै

❒ बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी

भारतको तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्दै

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन्। भारतको राजधानी नयाँदिल्लीमा भोलिसम्म हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन्।

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुँदैछन् । भारतको तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्दैछन् ।

बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com