यी स्थानमा जितिसक्यो एमालेले


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

मनाङको चामे  र  नेस्र्याङ गाउँपालिकामा एमाले विजयी

मनाङको चामे गाउँपालिकाको अध्यक्षामा नेकपा एमालेको लोकेन्द्रबहादुर घले २१४ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसको अनिता लामाले १७३ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसको मुनिन्द्रजङ गुरुङले १६९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेको किटनीदेवी गुरुङले १६० मत प्राप्त गर्नुभयो ।

मनाङको नेस्र्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) विजयी भएको छ ।

निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपाध्यक्षमा एमालेकै मेङ्खु गुरुङ ६११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छिरिङ गुरुङले ५०५ मत प्राप्त गर्नुभएको छ ।

नौ वटा वडा भएको सो गाउँपालिकाको वडा नं १, २, ४, ८ मा वडाध्यक्षसहित सबैमा नेकपा एमाले, वडा नं ५ मा नेपाली काँग्रेस, वडा नं ६ को वडाध्यक्षमा राप्रपा र अरु सबै एमाले विजयी भएका छन् । वडा नं ९, ३ र ७ मा भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

कुल दुई हजार ८२५ मतदाता भएको नेस्र्याङ गाउँपालिकामा एक हजार १८४ मत खसेको थियो ।

डोल्पाको काइके र  शे फोक्सुण्डोमा एमाले विजयी

डोल्पा  काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अङ्गत राना ९२० मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी हुनुभएको छ भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा एमाले उम्मेदवार तुसीतुण्डुप गुरुङ विजयी भएका छन् ।

मुस्ताङको घरपझोङ र स्याङ्जा फेदीखोलामा एमाले विजयी

मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले उम्मेदवार आशबहादुर थकाली विजयी भएका छन् । त्यस्तै स्याङ्जा फेदीखोला गाउँपालिकामा एमाले उम्मेदवार घनश्‍याम सुवेदी विजयी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com