अध्यागमन अदालतको सुनुवाई स्थगन पुन: थपियो, परिवारसँग मिलनको आशामा बसेकाहरु निराश

प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले फेब्रुअरी ५ सम्म नियमित सुनुवाई स्थगित गरेकोमा त्यसपछिको सप्ताहन्तका कारण कम्तीमा फेब्रुअरी ८ सम्म स्थगित

❒ अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका ३९४१  केसहरु पेन्डिङ, जसमध्ये ३९०० केसहरु इमिग्रेशन सम्बन्धित

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

न्युयोर्कको अध्यागमन अदालत लगायत अमेरिकाका अन्य कैयन अध्यागमन अदालतमा हिराशतमा नरहेकाहरुको सुनुवाई फेब्रुअरी ८ अगाडि नहुने भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले फेब्रुअरी ५ सम्म नियमित सुनुवाई स्थगित गरेकोमा त्यसपछिको सप्ताहन्तका कारण कम्तीमा फेब्रुअरी ८ सम्म स्थगित भएको छ ।

स्थगन मिति हरेक साता बढाइदै गएकाले त्यसपछि पनि स्थगन मिति बढ्नसक्ने अनुमान गरिएको छ ।  न्युयोर्कको भेरिक स्ट्रीट र फेडरल प्लाजामा रहेका अध्यामगन अदालतहरु हिराशतमा नरहेकाहरुको सुनुवाईका लागि कम्तीमा फेब्रुअरी ८ सम्म बन्द रहनेछन् ।

यी अदालतहरुमा फाइलिङ र हिराशतमा रहेकाहरुको सुनुवाई भने जारी नै रहेको छ । त्यस्तै न्युयोर्कको ब्रोडवेमा रहेको अध्यागमन अदालत पनि फाइलिङका लागिमात्र खुल्ला रहेको छ ।

अध्यागमन अदालतमा सुनुवाईहरु स्थगित हुँदा सयौं नेपालीहरु प्रभावित भएका छन् । बर्षौदेखि एसाइलमका मुद्दाको सुनुवाई कुरेर बसेका र परिवारसँग पुनर्मिलनको प्रतिक्षामा बसेका नेपालीहरु अदालत बन्द भएका कारण सुनुवाई पछाडि सर्दा मारमा परेका हुन् । कोरोनाको महामारी सुरु भएदेखि नै मार्चदेखि अध्यागमन अदालतहरु प्रभावित हुँदै आएका छन् ।

अध्यागमन अदालतमा हिराशतमा रहेकाहरुबाहेक अन्यको सुनुवाई हुन नसक्दा कैयन नेपालीहरु मारमा परेका छन् । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका अनुशार अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका पेन्डिङ केसहरु अझ बढेका छन् ।

अमेरिकाका अध्यागमन अदालतहरुमा नेपालीहरुका ३९४१  केसहरु पेन्डिङ रहेका छन्, जसमध्ये ३९०० केसहरु इमिग्रेशन सम्बन्धित रहेका छन् । इमिग्रेशनका नेपालीका पेन्डिङ केसहरुमध्ये सबैभन्दा धेरै न्युयोर्कमा २०६७  केसहरु रहेका छन् ।

नेपालीका अधिकांश अध्यागमन केसहरु एसाइलमसँग सम्बन्धित रहेका छन् । पछिल्लो समयमा मेक्सिकोबाट अमेरिकी सिमाक्षेत्रमा आएर विना भिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेर एसाइलम दावी गर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com