संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको ठाउँमा सपना प्रधान मल्ल


प्रकाशित मिति : पुस २९, २०७७ बुधबार

❒ सर्वोच्च अदालतको संवैधानिक इजलासमा मल्ल

❒ संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ हुँदै

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।

हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेर अरु न्यायाधीश यथावत राखिएको छ । इजलासमा यसअघि रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको छ।

संवैधानिक इजलासमा अबको केहीबेरमा मुद्दाको सुनुवाइ हुँदैछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com