स्थानीय तहको चुनावको मतगणना जारी : प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस अगाडि


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

स्थानीय तहको चुनावको मत गणना जारी  भइरहँदा प्रमुखमा ६४ स्थानमा एमाले अगाडि देखिएको छ भने ५७ स्थानमा नेपाली काँग्रेस अगाडि रहेको छ । त्यस्तै प्रमुखमा २८ स्थानमा माओवादी केन्द्र अगाडि देखिएको छ । उपप्रमुखमा भने एमाले ४३ स्थानमा, काँग्रेस ५१ स्थानमा र माओवादी केन्द्र २१ स्थानमा अगाडि रहेको छ ।

आइतवार भएको मतदानमा देशभर झण्डै ५० हजार उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । २० बर्षमा भएको स्थानीय तहको चुनावमा मतदाताहरु पनि निकै उत्साहित ढंगले सहभागी भएका थिए । कुल मतदाताहरुमध्ये ७१ प्रतिशत मतदान गरेको निर्वाचनलाई सफल रुपमा हेरिएको छ ।

सबैभन्दा ठूलोमध्येको निर्वाचन क्षेत्र काठमाडौंमा झण्डै १ मिटर लामो मतपत्र रहेको थियो भने ८७८ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।

नेपालमा यसअगाडि सन् १९९७ मा स्थानीय निकायको निर्वाचन भएको थियो । जसको पाँचबर्षे कार्यकाल सन् २००२ मा सकिएको थियो । त्यसपछि नेपालको राजनीतिक अवस्थाका कारण स्थानीय चुनाव हुन सकेको थिएन ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com