सामान्य भनाभनमा लन्डनमा ३५ वर्षीय नेपाली सेफको हत्या


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

 

❒ लन्डन इस्टकोट स्टेशन अगाडि झगडा हुंदा ३५ वर्षीय विक्रम केसीको हत्या

❒ सामान्य भनाभनमा  २१ वर्षीय युवाले कुटपिट गरेपछि घट्नास्थलमै निधन

❒ श्रीमतीलाई फोन गरेर  ५ मिनेटमा घर आइपुग्छु भनेका केसी कहिल्यै फर्केनन्

खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

 

लन्डनमा एक नेपाली सेफको हत्या भएको छ । आइतबार राती करिब साढे १० बजे लन्डन इस्टकोट स्टेशन अगाडि झगडा हुंदा ३५ वर्षीय विक्रम केसीको हत्या भएको नेपलिज सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष कृष्ण तिमल्सेनाले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्य भनाभनमा एक २१ वर्षीय युवाले कुटपिट गरेपछि उनको घट्नास्थलमै निधन भएको तिमल्सेनाले बताए । ति युवक अहिले प्रहरी हिरासतमा छन् ।

सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका केसी र ति अपरिचित युवाबीच वादविवादपछि झडप भएको जनाइएको छ । झगडाको कारण भने खुल्न सकेको छैन् । प्रहरीले घट्नाबारे अनुसन्धान शुरु गरेको छ ।

‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेशनतिर निस्कंदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसंग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे ।’

स्टेशनबाट केसीको घर करिब दुई मिनेट दुरीमा अवस्थित छ ।

स्वर्गीय केसी भारत, कुवेत हुंदै सन् २००७ तिर तिमल्सेनाकै पहलमा लन्डन आएका थिए । ‘इण्डो चाइनिज’ खानाका सेफ केसीले भेन्यू ५, ब्लु अर्किड आदि रेष्टुरेन्टमा काम गरिसकेका थिए ।

काठमाडौं घर भएका केसी श्रीमती र भाइ बुहारीका साथ लन्डनमा बस्थे । एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com