अमेरिकामा अस्थायी कामदार पठाउन सक्ने योग्य देशको सुची प्रकाशित, नेपालीको केस अनुशार


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

❒ जनवरी १९ देखि लागु हुनेगरी एच टु ए र एच टु बी कार्यक्रमका लागि २०२१ को भिसा कार्यक्रममा सहभागी हुन योग्य देशको सुची प्रकाशित

❒  हरेक आवेदनको छुट्टा छुट्टै मूल्यांकन गरेर युएससीआईएसले सुचीमा नभएका देशका नागरिकका लागि समेत  भिसाका आवेदनहरुलाई स्वीकृत गर्नसक्ने

खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

 

 

 

अमेरिकाले अस्थायी कृषि कामदार एच टु ए र अस्थायी गैर कृषि कामदार एच टु बी पठाउन योग्य देशहरुको सुची प्रकाशित गरेको छ । जसमा नेपाललाई भने समावेश गरिएको छ । जनवरी १९ देखि लागु हुनेगरी एच टु ए र एच टु बी कार्यक्रमका लागि २०२१ को भिसा कार्यक्रममा सहभागी हुन योग्य देशको सुची प्रकाशित गरिएको हो । यो सुची फेडरल रजिष्टरमा जनवरी १३ बुधबार प्रकाशित गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२१ को लागि फिलिपिन्सलाई एच टु बी कार्यक्रमका लागि थप गरिएको छ । सामोआ र टोंगा लगायतका देशलाई एच टु ए र एच टु बी कार्यक्रमबाट हटाइएको छ । मंगोलियालाई एच टु ए कार्यक्रमबाट हटाइएको छ । मापदण्डहरुको पालना नगरेको भन्दै उनीहरुलाई कार्यक्रमबाट हटाइएको हो ।

केही देशहरु अस्थायी कृषि कामदारमात्र पठाउन योग्य हुनेछन् भने केही देशहरु अस्थायी गैर कृषि कामदारमात्र पठाउन योग्य हुनेछन् । केही देशहरु दुबै प्रकारका कामदार पठाउन योग्य हुनेछन् ।

कृषि कामदारहरु पठाउनसक्ने सुचीमा नेपाललाई समावेश गरिएको छैन । कृषि बाहेकका अन्य अस्थायी कामका लागि एच टु बी भिसामा कामदार पठाउनका लागि योग्य देशको पनि नेपाल समावेश छैन ।

अमेरिकी सरकारले अमेरिकामा अस्थायी कामदारका लागि योग्य हुने देशको सुची बेलाबेला अद्यावधिक गर्दै आएको छ । जसमा कुन देशलाई हटाउने र कुन देशलाई थप्ने भन्ने अधिकार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष रहन्छ ।

सामान्यतया अमेरिकी सरकारले यो भिसाका लागि सुचीमा रहेका देशका नागरिककोमात्र भिसा आवेदन स्वीकृत गर्छ । तर हरेक आवेदनको छुट्टा छुट्टै मूल्यांकन गरेर युएससीआईएसले सुचीमा नभएका देशका नागरिकका लागि समेत यी भिसाका आवेदनहरुलाई स्वीकृत गर्नसक्ने जनाएको छ ।

यो आधारमा हेर्दा नेपालीहरुले समेत यो भिसाका लागि आवेदन दिन पाउने देखिएको छ । तर नेपालीहरु स्वत योग्य हुने नभई आवेदन अनुशार युएससीआईएसले निर्णय दिनेछ ।

आर्थिक बर्ष २०२० मा ५१७ जना नेपालीहरुले एच श्रेणीको कामदार भिसा प्राप्त गरेका थिए । अघिल्लो बर्ष २०१९ मा एच श्रेणीको भिसा पाउने नेपालीहरु ६४१ जना रहेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com