प्रधानमन्त्री र राजपाका नेताहरुबीच छलफल


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय जनता पार्टी, नेपालका नेताहरुबीच दोस्रो चरणको निर्वाचनका विषयमा केन्द्रित रहेर आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई दुई तिहाइ मतका साथ पारित गर्ने सन्दर्भमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा नेताहरुले स्थानीय तहको पहिलो चरणको निर्वाचन उत्साहपूर्ण ढङ्गले सम्पन्न भएकामा सन्तोष व्यक्त गर्दै दोस्रो चरणको निर्वाचन सम्पन्न गर्नुअघि दलहरुबीच आवश्यक सहमति र सहकार्यका बारेमा छलफल भएको थियो ।

राजपाका नेताहरुले आफूहरुको पूर्व धारणाअनुरुप दोस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने माग राखेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रराय यादव, अनिलकुमार झा र राजकिशोर यादव सहभागी हुनुहुन्थ्यो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com