काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत क्याम्पसमा अध्ययनरत एक छात्रालाई अश्लिल शब्द प्रयोग गरी यौन दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
दुर्व्यवहारपछि पीडित छात्राले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसकै आधारमा प्राध्यापक आचार्यलाई कलेजबाटै सोमबार महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहारको मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।