रहेनन् कांग्रेस नेता तिमिल्सिना


प्रकाशित मिति : पुस २८, २०७७ मंगलबार

नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उनको निधन भएको हो । कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो ।

विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो । उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए ।

सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर पार्टीमा क्रियाशील थिए । उनी रेडियो देवघाटको अध्यक्ष समेत थिए । नेपाल रेडक्रश सोसाइटीलगायत सामाजीक सङ्घ संस्थामा उनी सङ्लग्न थिए । उनका दुई छोरा र दुई छोरी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सभापति श्रेष्ठले नेता तिमिल्सिनाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । उनको आजै निवास भरतपुर–५ बाट शवयात्रासहित देवघाटमा अन्त्येष्टि गरिदैँछ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com