गोरिल्लामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । अमेरिकास्थित सान डिएगो चिडियाखानामा रहेका दुईवटा गोरिल्लामा कोरोना संक्रमण देखिएको हो ।
चिडियाखानाका गर्भनर गामिन न्युसमले जारी गरेको विज्ञप्तिअनुसार गोरिल्लामा लक्षण नदेखिएका कर्मचारीमार्फत् कोरोना फैलिएको हो । दुईवटा गोरिल्लाहरुले खोक्न थालेपछि प्रारम्भिक परीक्षण गर्दा शुक्रबार उनीहरुमा भाइरस रहेको देखियो । सोमबार राष्ट्रिय भेटेरीनरी सेवा ल्याबोरेटेरीका लागि अमेरिकी विभागले यसको पुष्टि गरेको हो । यो पहिलो उदाहरण पनि हो ।
खोकी र रुघाबाहेक सबै गोरिल्लाहरुको अवस्था सामान्य रहेको र भाइरसले कतिसम्म असर गरेको छ भन्ने विषयमा थाहा नहुँदा गोरिल्लाहरुलाई निगरानीमा राखिएको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।