किम बने सत्तारुढ पार्टीको महासचिव


प्रकाशित मिति : पुस २७, २०७७ सोमबार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सत्तारुढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा किम पाँच वर्षको लागि पार्टीको महासचिवमा निर्वाचित भएका हुन् । रोचक कुरा के छ भने पार्टीको महासचिवमा किमविरुद्ध कसैले उम्मेदवार दिएको थिएन ।

सन् २०११ देखि पार्टीको प्रथम सेक्रेटरी बनेका किम अहिले अझै शक्तिशाली भएका छन् । किम भन्दा अगाडी उनका बुवा किम जोङ इल पार्टीको महासचिव थिए । कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार पार्टीको अधिवेशनले सर्वसम्मत रूपमा उनलाई पार्टीको महासचिवमा निर्वाचित गरेको हो ।

आफ्ना बुवाको मृत्यु भएपछि उन सन् २०११ मा सत्तामा आएका थिए। २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो। सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो। एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com