सरकारले सिनेमा हलहरु खोल्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हलहरु खोल्न दिने निर्णय गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेर सिनेमा हलहरु बन्द गरेको थियो । तर, लकडाउन खुलेपनि हलहरु खोल्न अनुमति नदिएपछि प्रदर्शकहरुले पौष १० गतेबाट एकतर्फी रुपमा हल खोलेका थिए ।
यद्यपि, सिनेमा हलले यसअघि नै प्रदर्शन भएका चलचित्रहरु प्रदर्शन गर्दा दर्शक सिनेमा हालसम्म पुगेका छैनन् । लामो समयदेखि सिनेमा हलहरु बन्द हुँदा चलचित्र क्षेत्रले करिब २ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।