भोलिदेखि न्युयोर्क सिटीमा दोश्रो उपचरणमा भ्याक्सिन वितरण, कस्ले कसरी पाउने ?


प्रकाशित मिति : पुस २६, २०७७ आईतबार

भोलिदेखि न्युयोर्क सिटीमा पहिलो चरणको दोश्रो उपचरण अन्तरगत कोरोनाबिरुद्धको भ्याक्सिन वितरण सुरु गरिने भएको छ । यो उपचरणमा ७५ बर्षभन्दा माथिकाहरु, शिक्षक र शिक्षण संस्थाका काम गर्नेहरु, फस्ट रेस्पोण्डरहरु, सार्वजनिक सुरक्षा र सार्वजनिक यातायातमा काम गर्नेहरुले भ्याक्सिन प्राप्त गर्नेछन् ।

सुरुमा स्वास्थ्यकर्मीहरु, दीर्घकालिन हेरचाह केन्द्रमा रहेकाहरु र त्यहाँ खट्नेहरुलाई भ्याक्सिन वितरण गरिएकोमा दोश्रो उपचारण भोलि सोमबारदेखि सुरु हुन लागेको हो । त्यसपछि फरबरीमा अन्य फ्रन्टलाइनमा खट्ने अत्यावश्यक कामदारहरु र जोखिममा पर्ने अन्य समुहहरुलाई भ्याक्सिन वितरण सुरु गरिने अपेक्षा गरिएको छ । यो समुहमा को को पर्नेछन् भन्ने निर्धारण र घोषणा पछि गरिनेछ ।

यदि तपाई ७५ बर्षभन्दा माथिकाहरु, शिक्षक र शिक्षण संस्थाका काम गर्नेहरु, फस्ट रेस्पोण्डरहरु, सार्वजनिक सुरक्षा र सार्वजनिक यातायातमा काम गर्ने व्यक्ति हुनुहुन्छ भने भ्याक्सिनका लागि अनलाइनबाट अप्वाइन्टमेन्ट लिन सक्नुहुनेछ ।

त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।

तपाईले आफ्नो जिपकोड हालिसकेपछि भ्याक्सिन वितरण भइरहेका स्थानहरु देख्न सक्नुहुनेछ । आफूलाई पायक पर्ने स्थान छानेर अप्वाइन्टमेन्ट तय गर्न सक्नुहुनेछ ।

तपाईले अप्वाइन्टमेन्ट लिंदा आफ्नो कार्यस्थलको नाम, फोन नम्बर लगायतका विवरणहरु भर्नुपर्नेछ भने तपाईलाई भ्याक्सिन दिने बेलामा आईडीसमेत चेक गरिनेछ ।

फार्मेसीहरु र अन्य हेल्थ सेन्टरको तुलनामा न्युयोर्क सिटी हेल्थ र अस्पताल अन्तरगतका स्वास्थ्य संस्थाहरुमा अप्वाइन्टमेन्ट पाउन सहज हुनेछ ।

न्युयोर्कको एल्हमस्र्ट अस्पताल लगायत न्युयोर्क सिटी हेल्थ र अस्पताल अन्तरगतका स्वास्थ्य संस्थाहरुमा अप्वाइन्टमेन्ट लिनका लागि यहाँ क्लीक गर्नुहोला ।

तपाई न्युयोर्क राज्यमा भ्याक्सिन प्राप्त गर्नका लागि योग्य भए नभएको जाँच्न यहाँ क्लीक गर्नुहोला ।

अहिलेसम्म अमेरिकामा झण्डै ६७ लाखले कोरोनाबिरुद्धको भ्याक्सिन लगाइसकेका छन् । न्युयोर्कमा साढे ४ लाखले भ्याक्सिन प्राप्त गरिसकेका छन् । २२ मिलियन डोज अमेरिकामा डेलिभर भइसकेको छ भने न्युयोर्कमा मात्र १२ लाख डोज वितरण भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com