अमेरिकामा विजनेशलाई भोलिदेखि दोश्रो चरणको पीपीपी ऋण, नयाँ फारम सार्वजनिक


प्रकाशित मिति : पुस २६, २०७७ आईतबार

अमेरिकामा भोलिदेखि विजनेशहरुलाई तलबको खर्च कभर गर्नका लागि दोश्रो चरणको पीपीपी ऋण उपलब्ध हुने भएको छ । पहिलो चरणमा कम आम्दानी हुने समुदायका लागि संचालित साना बैंक र वित्तिय संस्थाहरुले सोमबारदेखि पहिलो चरणका पीपीपी ऋणका आवेदनहरु स्वीकार गर्न सक्नेछन् । अर्थात् यसपटक कम आम्दानी भएको समुदाय, अल्पसंख्यक समुदाय र आर्थिक रुपमा विपन्न समुदायलाई पहिलो प्राथमिकता दिइएको छ ।

यो श्रेणी अन्तरगत झण्डै १० प्रतिशत ऋणदाता बैंक वा वित्तिय संस्थाहरु योग्य हुनेछन् । त्यसपछि बुधबारदेखि तीनै समुदायका लागि संचालित साना बैंक र वित्तिय संस्थाहरुले गैर नाफामुलक संस्थाहरु र साना विजनेशहरुका लागि दोश्रो चरणको पीपीपी ऋणका आवेदनहरु स्वीकार गर्न सक्नेछन् । पहिलो चरणमा पीपीपी ऋण लिएर प्रयोग गरिसकेका साना विजनेश र गैर नाफामुलक संस्थाले यो चरणमा आवेदन दिन सक्नेछन् ।

त्यसपछि विस्तारै अन्य योग्य ऋणदाता बैंक र वित्तिय संस्थाहरु तथा आवेदकका लागि आवेदन स्वीकार गर्न सुरु गरिने एसबीएले जनाएको छ । तर फरबरी १५ भन्दा अगाडि उनी उनीहरुका लागि समेत आवेदन दिन पाउने सुविधा उपलब्ध हुनेछ ।

पहिलो चरणको तुलनामा ऋण प्राप्त गर्न अलिक लामो समय लाग्नसक्ने जनाइएको छ । आवेदनले ऋण नम्बर प्राप्त गर्नु अगाडि प्रणालीमा केही श्रृंखलाबद्ध स्वचालित परीक्षण पास गर्नुपर्नेछ । त्यसका लागि एकदिनसम्म लाग्न सक्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ऋण सामुदायिक ऋणदातामार्फत उपलब्ध गराउनका लागि केहीदिन लाग्नसक्ने र थप परीक्षणहरु गर्नुपर्ने हुनसक्ने जनाइएको छ । अगाडिको चरणमा जालसाजीका घटनाहरु धेरै भएकाले यसपटक त्यसलाई रोक्न समेत संयन्त्रहरु बनाइएको छ । कैयन साना विजनेशले पहिलो चरणमा समेत ऋण पाउन सकेका थिएनन् ।

दोश्रो चरणको पीपीपी ऋणका लागि नयाँ फारम समेत सार्वजनिक गरिएको छ ।

दोश्रो चरणको पीपीपी ऋण प्राप्त गर्नका लागि मुख्य तीन योग्यताहरु रहेका छन् । ३ सय भन्दा कम कामदार, पहिलो चरणको ऋणको प्रयोग भइसकेको र कुनै क्वार्टरमा आम्दानी अघिल्लो बर्षको तुलनामा २५ प्रतिशतसम्म घटेको विजनेशले ऋण पाउन सक्नेछन् ।

दोश्रो चरणको ऋण ३ सय भन्दा कम कामदार भएका विजनेशले मात्र प्राप्त गर्नेछन् । पहिलो चरणको ऋण भने ५ सयसम्म कामदार भएका विजनेशले प्राप्त गरेका थिए ।

त्यस्तै दोश्रो चरणको अधिकतम ऋण २ मिलियन डलरमात्र रहेको छ । पहिलो चरणमा अधिकतम ऋण १० मिलियनसम्म रहेको थियो । महामारीपछिको कुनै एक क्वार्टरमा आम्दानी अघिल्लो बर्षको तुलनामा २५ प्रतिशतसम्म घटेको देखाउनुपर्नेछ ।

१ लाख ५० हजार डलर वा त्यो भन्दा कम ऋणका लागि आवेदन दिनेले यो विवरण फर्ममा उल्लेख नगरेपनि हुनेछ । तर पछि एसबीएले मागेको खण्डमा भने दिनुपर्नेछ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com