राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा
प्रकाशित मिति : पुस २६, २०७७ आईतबार
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।
राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गते सुरू भएको थियो।