क्रिकेटर कुन्दनसिंह राजपूतको निधन


प्रकाशित मिति : पुस २६, २०७७ आईतबार

नेपाली क्रिकेटर कुन्दनसिंह राजपूतको २३ वर्षको उमेरमा निधन भएको छ । दुवै मिर्गौलामा समस्या देखिएका राजपूतको आइतबार बिहान जलेश्वरस्थित घरमै निधन भएको पारिवारीक स्रोतले बताएको छ । एक वर्षदेखि दुवै मिर्गौला खराब हुँदा राजपूतले नियमित डाइलासिस गराउँदै आएका थिए ।

आर्थिक अवस्था कमजोर भएका उनलाई बचाउन ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाईएको थियो । दुई वर्षअघि काठमाडौंमा भएको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय प्रतियोगितामा राजपूतले प्रदेश २ बाट खेलेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com