प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने


प्रकाशित मिति : पुस २६, २०७७ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने छन् । आजको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने भने उल्लेख गरिएको छैन।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ ।

प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड-नेपाल पक्ष र जनता समाजवादीलगायत दलले विरोध गरिरहेका छन्। प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग ती दलको छ। प्रधानमन्त्री ओलीले भने विघटन भएको प्रतिनिधि सभा पुनर्स्थापना नहुने काठमाडौं र देशका विभिन्न भागमा भएका कार्यक्रममा पुगेर बताइरहेका छन्।

उनले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उनले वैशाखमा चुनावसमेत तय गरेका छन्। पछिल्लो समय प्रधानमन्त्री ओलीले लिम्पियाधुरा समेटिएको नेपालको नक्सा जारी गर्दा राष्ट्रिय सभामा बोलेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com