‘ओलीतन्त्र नवफासीवाद हो, प्रतिरोधमा उत्रिन अलमल गर्नु मृत्यु हो’ : भट्टराई
प्रकाशित मिति : पुस २५, २०७७ शनिबार

समाजवादी पार्टी नेपाल (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीतन्त्र नवफासिवाद भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत भट्टराईले ओलीतन्त्र नवफासिवाद हो भन्ने कुरामा कसैले कुनै भ्रम राख्न जरूरी नभएको स्पट पारेका हुन् । त्यसलाई रोक्न सुविचारित प्रतिरणनीति र प्रतियोजना चाहिने भन्दै उनले कुनै किन्तुपरन्तु नगरी सबै राजनीतिक दल,वौद्धिक जगत,संचार क्षेत्र र आम नागरिक प्रतिरोध संघर्षमा उत्रनु पर्ने बताएका छन् ।
‘ओलीतन्त्र नवफासिवाद हो भन्ने कुरामा कसैले कुनै भ्रम राख्न जरूरी छैन। त्यसलाई रोक्न उत्तिकै सुविचारित प्रतिरणनीति र प्रतियोजना चाहिन्छ। त्यो प्रतिरणनीति भनेको कुनै किन्तुपरन्तु नगरी सबै राजनीतिक दल,वौद्धिक जगत,संचार क्षेत्र र आम नागरिक प्रतिरोध संघर्षमा उत्रनु हो!अलमल मृत्यु हो! ’उनले भनेका छन् ।