२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अन्तर्राष्ट्रिय

९४ वर्षीया बेलायती महारानी र ९९ वर्षीय प्रिन्स फिलिपले लगाए कोभिड खोप

बेलायतकी महारानी एलिजावेथ द्वीतीयाले पनि कोभिड खोप लगाएकी छन् ।

९४ वर्षीया महारानी र उनका ९९ वर्षका पति प्रिन्स फिलिपले शनिबार कोभिड खोपको पहिलो डोज लिएको बकिङहम प्यालेसले जनाएको छ ।

लकडाउनका बेला महारानी दम्पति बस्दै आएको ’विन्डसोर क्यासल’ मै उनीहरुले खोप लिएको जनाइएको छ ।

बेलायतमा कोभिडविरुद्धको खोप गत महिनादेखि  नै वितरण शुरु गरिएपनि महारानी र प्रिन्स फिलिपले आफ्नो पालो पर्खिएरै खोप लगाएका हुन् ।  खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लिएका हुन् ।

सामन्यत: बेलायतमा  राजापरिवारका सदस्यहरुको स्वास्थ्य अवस्थाबारे कुनै सुचना सार्वजनिक गर्ने प्रचलन छैन । तर कोभिड खोपका विषयमा सर्वसाधारणमा कुनै आशंका र अन्योल बाँकी नरहोस् भन्ने उद्धेश्यले महारानी आफैले  खोप लगाएको सूचना सार्वजनिक गर्न चाहेको बकिङहम प्यालेसले जनाएको छ ।

फाइजर-बायोनटेक र अक्सफोर्ड-एक्सट्राजेनेका खोपको आम रुपमा वितरण शुरु गरिसकेको बेलायतमा हालसम्म १५ लाख बढीले कोभिड खोपको पहिलो डोज लिइसकेका  छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →