नेपालमा थप ३६२ जनामा कोरोना पुष्टि, ३ को मृत्यु
प्रकाशित मिति : पुस २५, २०७७ शनिबार
नेपालमा कोरोना महामारी दर्शाउने अतिस महतको स्केच ।
नेपालमा थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३६२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५७ हजार ९२८ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ९ सय १२ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको छ ।





