प्रचण्ड स्वदेश फर्कंदै


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । पत्नी सिता दाहालको उपचारका लागि भारत गएका अध्यक्ष प्रचण्ड शनिबार साँझ स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।

पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बई गएका थिए ।  सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कन लागेको बताइएको छ । सीतासँग उनका छोरीहरु छन् ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com