ईश्वर पोखरेलका सम्धीले दिए राष्ट्रिय वाणिज्य बैंकको सञ्‍चालक पदबाट राजीनामा


प्रकाशित मिति : पुस २४, २०७७ शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक पदबाट प्रा.डा. उपेन्द्र कोइरालाले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले अध्यक्षमा धनीराम शर्मालाई चयन गरेपछि कोइरालाले सञ्चालक समितिबाट राजीनामा दिएका हुन् ।

नवनियुक्त अध्यक्ष शर्माले बिहिबार नै गभर्नर महाप्रसाद अधिकारीबाट शपथ ग्रहण गरिसकेका छन् । शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिवसमेत हुन् ।

कोइराला उपप्रधानमन्त्री ईश्वर पोखरेलको सम्धी हुन् । उनलाई अध्यक्ष बनाउने चर्चा भएपछि सर्वत्र विरोध भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com