आइतबार मतदान भएका स्थानीय तह मध्ये ७९ तहमा मतगणना जारी


प्रकाशित मिति : जेष्ठ १, २०७४ सोमबार

आइतबार मतदान भएका स्थानीय तह मध्ये ७९ तहमा मतगणना जारी छ । ती क्षेत्रबाट मत परिणाम आउने क्रम पनि जारी रहेको छ ।  हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाका स्थानीय तहमा भने हेलिकप्टरबाट मतपेटिका ल्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आइतवार भएको मतदानमा देशभर झण्डै ५० हजार उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । २० बर्षमा भएको स्थानीय तहको चुनावमा मतदाताहरु पनि निकै उत्साहित ढंगले सहभागी भएका थिए । कुल मतदाताहरुमध्ये ७१ प्रतिशत मतदान गरेको निर्वाचनलाई सफल रुपमा हेरिएको छ । 

सबैभन्दा ठूलोमध्येको निर्वाचन क्षेत्र काठमाडौंमा झण्डै १ मिटर लामो मतपत्र रहेको थियो भने ८७८ जना उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । 

नेपालमा यसअगाडि सन् १९९७ मा स्थानीय निकायको निर्वाचन भएको थियो । जसको पाँचबर्षे कार्यकाल सन् २००२ मा सकिएको थियो । त्यसपछि नेपालको राजनीतिक अवस्थाका कारण स्थानीय चुनाव हुन सकेको थिएन । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com