‘संसद विघटनलाई असंवैधानिक हो भन्न मिल्दैन’ : गौतम


प्रकाशित मिति : पुस २३, २०७७ बिहीबार

राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसद विघटन संवैधानिक भएको बताएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनको रिट पुगिसकेपछि संसद विघटन संवैधानिक भएको गौतमले बताए ।

राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै गौतमले  प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् ।  ‘म भएको भए राजीनामा दिन्थेँ । मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो तर, उहाँले त्यस्तो गर्नुभएन ।’ उनले भने । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको भनाई थियो ।

उनले अहिले नेकपाभित्रको विभाजनमा आफू कुनै समूहमा नभएको पनि स्पष्ट पारे । गौतमले नेकपामा विभाजन रहेको र त्यसबाट आफू दुखी रहेको पनि बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com