मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

मौसममा सुधार आएसँगै संघीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मंगलबार काठमाडौंलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो ।

वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हुँदा धेरै तुवालो देखिएको थियो । भिजिबिलिटी (दृश्यता) पनि निकै कम रहेको थियो ।

आजदेखि मौसममा सुधार हुँदै आएको र केही स्थानमा मात्र थोरै बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंलगायत देशभरको मौसम सफा हुँदै गएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापिय प्रणालीले केही दिन हिमाली भागमा हिमपात र काठमाडौंलगायत केही स्थानमा थोरै वर्षासमेत गराएको थियो ।

हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । सो प्रणालीसँगै वायुमण्डलमा भएका धुलोका कण पनि केही हदसम्म स्थानान्तरण भएको उनको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार दुई दिन नेपालका विभिन्न शहरको वायु प्रदूषणको स्तर स्वास्थ्यका लागि खतराको अवस्थामा पुगेको थियो । सामान्यतया नेपालका शहरहरुमा पहिले यो मौसममा वायु गुणस्तर सूची एयर क्वलिटी इन्डेक्स (एक्युआई) सरदर २ सयभन्दा कम हुन्थ्यो तर सोमबार र मंगलबार भने काठमाडौंको ३ सय ३० र हेटौंडाको ४ सय हाराहारी पुगेको विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।

विश्वमा वायु प्रदूषणको मापनअनुसार एक्युआई शून्यदेखि ५० सम्मलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ । एक्युआई ५० देखि १ सयसम्मलाई ठीकै र त्यसभन्दा माथिको स्तरले अस्वस्थ वातावरणलाई जनाउँदै जान्छ । काठमाडौं उपत्यकामा वायु प्रदूषण एक प्रमुख सामस्या हो भने यहाँको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा करिब पाँच गुणा माथि छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा सन् २०१८ मा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

नेपालमा हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुन्छ । वायु प्रदूषण हुनुका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्कने धुलोका कण, उद्योग तथा इँट्टाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्नेलगायत हुन् । ग्रामीण क्षेत्रमा खाना पकाउन बालिने दाउराका कारण घरभित्र वायु प्रदूषण एक समस्याका रुपमा देखा परेको छ ।

नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारणमध्ये मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मष्तिस्कघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ । सरकारले मुलुककै जनघनत्व धेरै भएको काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मन्त्रिपरिषदबाट गत फागुन १२ गते पारित गरिसकेको छ । सरोकारवाला सबै मिलेर त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने वातावरणविद्हरुको सुझाव छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com